बेचिएको युद्ध नबेचिएको संवेदना
-
आजभोलीको दैनिकी जीवन बाच्नुको सार्थकता खोज्दै बित्छ । हिजो हेर्यो, आज हेर्यो र भोली हेर्यो गरेर समय बित्छ । हरेक दिन इतिहासमा एक झमट रमाउँदा अर्कै आनन्द लाग्छ । वर्तमानको उकुसमुकुस भित्र चिच्याउनुको, कराउनुको खास अर्थ हुँदैन भन्ने थाहा छ । अनि रक्तपातपूर्ण विगतभित्र आफैंलाई मुछेर आफैं रक्तमुछेल भइन्छ । यता चिथोर्यो, उकुच पल्टिएका घाउको पाप्रा कोट्यायो फेरि तेही घाउहरुलाई उकुज बनायो र सुम्सुम्यायो । अशान्त मुद्रामा चुपचाप बस्यो कुनै कसुरविना बन्दी बनाइएको कैदी जस्तै । समय यसरी बित्दोरहेछ । बितिरहेछ ।